Publication

प्रहरीको पहरेदारी कसले गर्छ ? राज्यका निकायले गरेको अपराधसम्बन्धी फौजदारी अनुसन्धान मा स्वतन्त्र निकायको भूमि का

First page of PDF with filename: osji-who-polices-the-police-ne-20210507.pdf
प्रहरीको पहरेदारी कसले गर्छ ? राज्यका निकायले गरेको अपराधसम्बन्धी फौजदारी अनुसन्धान मा स्वतन्त्र निकायको भूमि का पूर्ण प्रतिवेदन डाउनलोड गर्नुहोस् । 113 Pages, 948.65 Kb, PDF Download
Date
May 07, 2021

सन् २०२० मा अमेरिकी प्रहरीको हातबाट जर्ज फ्लोयड र अन्य अश्वेत व्यक्तिहरूको हत्यादेखि बेलारूसमा प्रहरीद्वारा प्रदर्शनकारीहरूमाथि सुनियोजित यातना र भारत तथा केन्यामा कोभिड–१९ को बन्दाबन्दी (लकडाउन)को दौरान हिरासतमा राखिएका व्यक्तिहरूको मृत्यु जस्ता हालैका घटनाहरूले राज्यको बल प्रयोगमाथि निगरानी गरिएन भने यो सजिलै क्रुर तथा गैरकानूनी व्यवहारमा परिणत हुन सक्दछ भन्ने देखाउँछ । शान्ति तथा सुव्यवस्था कायम राख्न तथा अपराध नियन्त्रण गर्न आधुनिक समाजहरू प्रहरी र कानून कार्यान्वयन गर्ने अन्य निकायहरूमाथि निर्भर रहन्छ । तसर्थ, महत्वपूर्ण प्रश्न भनेको प्रहरीले गरेको अपराधहरूको अनुसन्धान कसले गर्दछ?

विश्वभर नै नागरिक निरीक्षणको प्रयासहरू बढेको भए पनि कानून कार्यान्वयन गर्ने निकायबाट अधिकारको दुरूपयोग तथा उल्लंघन निरन्तर भइरहेको छ । प्रहरीको आचरणको बारेमा पहरेदारी गर्न धेरै नागरिक निरीक्षण समीक्षा समितिहरुको स्थापना भएको भएतापनि थोरै नागरिक समीक्षा समितिसँग मात्र पर्याप्त अनुसन्धान गर्ने अधिकार भएको देखिन्छ । यस्ता अधिकांश समितिले अनुशासनको कारवाही वा अभियोजनका लागि सिफारिस मात्र गर्ने गर्दछ भने सिफारिस कार्यान्वयन भए नभएको सुनिश्चित गर्ने क्षमता पनि हुदैन । तसर्थ, यसले स्वतन्त्र र अधिकार सम्पन्न निरीक्षण निकायहरूको आवश्यकता रहेको कुरालाई इंगित गर्दछ ।

यस प्रतिवेदनमा हत्या, गम्भीर चोटपटक, यौन दुव्र्यवहार, यातना, बलपूर्वक बेपत्ता पारिएको कार्य जस्ता घटनाहरुको आरोप लागेका प्रहरी तथा राज्यका अन्य अधिकारीहरूमाथि फौजदारी अनुसन्धान र अभियोजन गर्न विभिन्न स्वतन्त्र अनुसन्धान निकायहरु (आइआइएहरु) ले गरेका प्रयासहरूको विश्लेषण गरिएको छ । यस प्रतिवेदनमा आइआइएहरुको स्वतन्त्रता, प्रभावकारीता तथा पारदर्शिता अभिवृद्धि गर्न विभिन्न सिफारिसहरु समावेश गरिएको छ ।

Topics

Learn more about the tools we use to empower and protect

How we work

Get In Touch

Contact Us

Subscribe for Updates About Our Work

By entering your email address and clicking “Submit,” you agree to receive updates from the Open Society Justice Initiative about our work. To learn more about how we use and protect your personal data, please view our privacy policy.